मलंगवा – सर्लाहीमा आज हिजो जस्तो बाक्लो शितलहर चलेको छैन् । तर चिसो भने कायमै छ ।
हुस्सुु लागेर यहाँ आज पनि अत्यधिक जाडो भएको हो । यसअघि हिजो बाहिर निस्कँदा भिज्ने गरी शित झरेको थियो ।
लगातार चिसो बढेर घाम नै नलाग्दा यहाँको जनजीवन नराम्ररी प्रभावित बनिरहेको छ ।