घनश्याम बलम्पाकी, जियाजोर – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताका अभिलाषा र लक्ष्य भनेकै विकाश सम्वृद्धि रहेको बताएका छन् ।

आइतवार साँझ लालबन्दी नगरपालिका अन्तर्गत वडा नम्बर ११ हीरापुर र वडा नम्बर १२ जियाजोर डाप्काली टोल जोड्ने लखन्देही खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै बिकास निर्माणको काममा सबैले सहयोग गरे नेपाली जनताले चाहेको बिकास र सम्बृद्धि चाँडै पुरा हुने बताएका हुन् ।

उनले पुल निर्माणको काम हामी सबैको कार्यभार रहेकोले यस क्षेत्रका जनताले सहयोग गर्नु पर्ने बताए । हरेक विकास निर्माणको काममा जनताको खवरदारी सहित सहयोग गर्न समेत अपिल गरेका छन् ।
अर्को प्रसंगमा उनले ३० लाख नेपाली यूवा अध्यक्ष कामदारको रुपमा विदेशी भुमीमा पसिना बगाइरहेका छन् । आमा बुवा छोराछोरी आफन्त संगै बस्ने वातावरण बनाउन सरकारले निति ल्याउने तयारी गरिरहेको समेत बताए ।
साँढे तीन बर्षमा निर्माण सम्पन्न गर्ने गरी चार सय ४ सय ८५ मिटर लम्बाइ रहेको उक्त पुल ७७ करोड अठतर लाखको लागतमा निर्माण हुन लागको लालबन्दी नगरपालिकाले जनाएको छ ।
पुल निर्माण भएपछि बर्षेनी बाढीका कारण खोला आरपार गर्न नसकी धेरै सर्वसाधारणले ज्यान गुमाउनु परेको लालबन्दी १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेले बताएका छन् । पुल बने पछि आउजाउ गर्न सहजहुने बताए ।
कार्यक्रममा खानेपानी मन्त्री महेन्द्र राय यादवको समेत उपस्थिती रहेको थियो ।
मन्त्री श्रेष्ठले आइतबार साँझ नै हरिवनमा सञ्चालन भएको दोस्रो डेरी कृषि अनुसन्धान उत्पादन तथा कृषि औजार प्रदर्शनी’ मेलाको समेत अवलोकन गरी समापन पनि गरेका छन् ।