logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दी ७ मा ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई हिटर वितरण


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी ७ को वडा कार्यालयले वडाभित्र सामाजिक सुरक्षा भत्ता बुुझ्दै आएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई हिटर वितरण गर्न सुरु गरेको छ ।

चिसो अत्यधिक बढेकाले वडाको बजेटबाट वडाभित्र सामाजिक सुरक्षा भत्ता खाँदै आएका ३४० जनालाई आजबाट हिटर वितरण गर्न सुरु गरिएको वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले जानकारी दिए । वडा अध्यक्ष कार्की, वडा सदस्यहरु तारा श्रेष्ठ, राधेश्याम गुप्ता, सुरज थापा, गीता विक र वडासचिव निला निरौलाले हिटर वितरण कार्यको सुरुवात गरे ।

वर्षेनि गर्दै आइरहेको यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको र आगामी वर्ष पनि यस प्रकारको कार्य जारी रहने वडाध्यक्ष कार्कीले बताए ।