logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

चिसो प्रभावितलाई सेनाद्वारा आगो ताप्ने व्यवस्था र चिया, बिस्कुट वितरण


  • उज्यालो अभियान

हरिपुर – नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले आज हरिपुर ६ लक्ष्मीपुरमा चिसो प्रभावित मुसहर समुदायलाई न्यानो प्रदान गर्ने काम गरेको छ ।

सहायक सेनानी सुशील थापाको नेतृत्वमा लक्ष्मीपुर पुुगेर सेनाको टोलीले आगो ताप्ने प्रवन्ध गरी चिया र बिस्कुट वितरण गरेको हो । केही दिनदेखि बढेको अत्यधिक चिसो र शितलहरबाट प्रभावित अतिविपन्न तथा तराईको पिछडिएको मुहसर समुदायलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले यस प्रकारको कार्य गरिएको भैरवीदल गणका गणपति एवं प्रमुख सेनानी सूूर्यबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुुसार आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म १ हजार ५ सय केजी दाउरा बालेर आगो ताप्ने प्रवन्ध मिलाइएको हो । त्यहाँ जम्मा भएका करिव ३ सय जनालाई चिया, बिस्कुट बाँडिएको प्रमुख सेनानी कार्कीले बताए ।

हरिपुर नगरपालिका ६ का वडाध्यक्ष प्रेमहरि श्रेष्ठसहितका जनप्रतिनिधिको रोहबरमा सेनाले चिसोबाट प्रभावित मुहसर समुदायलाई न्यानो प्रदान गर्ने काम गरेको हो । चिसो यस्तै रहीरहे यहाँका अन्य मुसहर बस्तीमा पनि यस प्रकारको सहयोग गर्ने योजना रहेको भैरवीदल गण पाँचकुमारी ब्यारेकले जनाएको छ ।