logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिपुर र बागमतीमा आज पनि बिदा


  • उज्यालो अभियान

चिताईन – थारु बाहुल्य रहेको हरिपुर नगरपालिकामा आज (मंगलबार) पनि बिदा दिइएको छ ।

माघी पर्व अर्थात् माघे संक्रान्ति पर्वको अवसरमा सङ्घीय सरकारले हिजो देशभर नै सार्वजनिक बिदा दिएको थियो । हरिपुर नगरपालिकाले भने आज थप एक दिन स्थानीय बिदा दिएको हो ।

नगरप्रमुख गोपाल पंजियारले सूचना जारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघ २ गते आज नगरपालिका क्षेत्रमा माघी महोत्सव समेत आयोजना गरिएकाले बिदा दिइएको उल्लेख गरेका छन् ।

हरिपुर ७ पचगछियामा आजबाट पर्सीसम्म थारु माघी महोत्सव चल्दै छ । उता, पुस २० गते बरहथवा घटनामा गोली लागेर मृत्यु भएका जयशङ्कर साहप्रति श्रद्धान्जली व्यक्त गर्दै बागमती नगरपालिकाले पनि आज शोक बिदा दिएको छ ।

बागमती नगरपालिका–९, निर्माण चोकमा समेत घर रहेका साहको १३ औँ दिनको पुण्य तिथीको दिन आज नगरपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, नगरपालिका मातहतका कार्यालय र सङ्घसंस्था बन्द रहने नगरप्रमुख भरतकुमार थापाले शोक विज्ञप्ती जारी गरी जानकारी गराएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र हस्तान्तरण र स्नतरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो ।

बरहथवा नगरपालिका–६ र बागमती नगरपालिका–९ दुवैतर्फ घर भएका साहले बरहथवा बजारमा होटल र दाना व्यवसाय संचालन गर्थे ।