बरहथवा – पुस २० गते प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको आज बरहथवा ६ स्थित घरमा श्रद्धान्जली व्यक्त गरिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिको विषयमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर बरहथवा ६ र बागमती ९ मा घर भएका व्यवसायी साहको घटनास्थलमै ज्यान गएको थियो । आज १३ दिनको पुण्य तिथीमा साहको निजी निवासमा आयोजित श्रद्धान्जली कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहलगायतले श्रद्धान्जली व्यक्त गरे ।
साहको मृत्युपछि तीन दिनसम्म तनावग्रस्त बनेको बरहथवा ११ बुँदे सहमतीपछि सामान्य बनेको थियो । आफ्नो नगरपालिकाका वासिन्दा समेत रहेका जयशंकरको निधनप्रति दुःख व्यक्त गर्दै बागमती नगरपालिकाले आज शोक बिदा दिएको थियो ।