logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पुष्टी नहुने समाचार छापेर ममाथि हिलो छ्याप्ने काम भयो : घिमिरे


  • उज्यालो अभियान

हरिवन –  सर्लाहीको हरिवनस्थित सगुन शिक्षा सहकारीका अध्यक्ष बाबुराम घिमिरेले आफ्नो विरुद्धमा पुष्टी नहुने समाचार प्रकाशन गरेर हिलो छ्याप्ने काम भएको गुनासो गरेका छन् ।

घिमिरेले सहकारीमा रकम हिनामिना गरेको भन्दै केही अनलाईनले समाचार प्रकाशन गरेका छन् । घिमिरेले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै जो कसैले भनेको भरमा पुष्टी नहुने त्यस्ता समाचार छापेर आफ्नो सम्मानित जीवनमा हिलो छ्याप्ने प्रयास गरिएको बताएका हुन् ।

आफ्नो लामो सहकारी अभियानमा सहकारीलाई भ्रष्टाचार गर्ने थलो नभै जनतालाई आर्थिक, सामाजिक र शैक्षिक सेवा दिनुपर्छ भनी वकालत गरिरहने व्यक्तिलाई आर्थिक हिनामिना गर्यो भनेर समाचार सम्प्रेषण गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको घिमिरेले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सगुन शिक्षा सहकारीमा शंका लागेको भनि केही सदस्यले आवाज उठाउँदा समस्या समाधानका लागि उपसमिति गठन भएको र सो उपसमितिलाई चैत ३० गतेसम्म सत्यतथ्य बाहिर ल्याउन पुस २८ गते भएको १० औँ वार्षिक साधारण सभाले जिम्मेवारी दिएको विज्ञप्तीमा भनिएको छ ।