logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पिकअपसँग ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास – ईश्वरपुर नगरपालिका–११, कर्मोहानमा पिकअप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

दुर्घटनामा चन्द्रनगर गाउँपालिका–३, का ३५ वर्षीय राजनारायण महतोको ज्यान गएको हो । बयलवासबाट बबरगन्जतर्फ गइरहेको ज २ प १७२५ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५९ नम्वरको पिकअप गाडी आपसमा ठोक्किँदा मोटरसाइकल चालक महतो गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।