नवलपुर – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागवानी जंगलमा आज एउटा ट्रक पल्टिएको छ ।
मदिरा बोेकेको प्रदेश १ ०१ ००१ ख ३६४६ नम्वरको ट्रक बागवानी केन्द्रको कार्यालय नजिक आफै अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
दुर्घटनामा परेको ट्रक घटनास्थलबाट हटाउने प्रयास जारी छ ।