हरिवन – स्मार्ट हाेम डेकाेर हरिवनका सञ्चालक विनाेद महत नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको मधेश प्रदेश समन्वय समितिकाे अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगलबार महाेत्तरीकाे बर्दिबासमा सम्पन्न प्रदेश अधिवेशनबाट हरिवन नगरपालिका-८ चापिनी निवासी युवा व्यवसायी महत अध्यक्षमा चयन भएका हुन् । महतकाे अध्यक्षतामा ९ सदस्यीय मधेश प्रदेश समन्वय समिती गठन भएकाे बताईएकाे छ ।
जेसीआई हरिवन सिटीका संस्थापक अध्यक्ष समेत रहेका महतकाे हरिवन बजार स्थित कृष्ण मन्दिरदेखि पूर्व पट्टि फर्निचर तथा फर्निसिङ्गकाे हाेलसेल पसल रहेकाे छ ।