logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेसका सह–सचिव योन्जनद्वारा महिला फुटबल खेलाडीलाई सेनेटरी प्याट सहयोग


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेस सर्लाहीका सह–सचिव इन्द्रबहादुर योन्जनले महिला फुटबल खेलाडीलाई सेनेटरी प्याड सहयोग गरेका छन् ।

लालबन्दी नगरपालिका–७, निवासी योन्जनले सर्लाही जिल्ला फुटबल संघका महिला खेलाडीलाई आज बिहान ४ सय प्याकेट सेनेटरी प्याड सहयोग गरेका हुन् । सर्लाही जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विभुसिंह थापाको पहलमा कांग्रेसका जिल्ला सह–सचिव योन्जनले सेनेटरी प्याड उपलब्ध गराएका सर्लाहीका फुटबल प्रशिक्षक बेनिबहादुर कटुवाल (श्याम) ले जानकारी दिए ।

महिला फुटबल खेलाडीका लागि अहिले लालबन्दी ६ स्थित राधारण खेल मैदानमा अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा प्रशिक्षण जारी छ ।