logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवामा जिल्ला स्तरीय टी २० सहिद कप क्रीकेट टुर्नामेन्टको उद्घाटन


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलङ्वामा जिल्ला स्तरीय टी –२० क्रीकेट टुर्नामेन्टको हिजो उद्घाटन गरिएको छ ।

मधेस प्रदेश सरकारका अर्थ मन्त्री संजय कुमार यादवले प्रतियोगिताको उद्घाटन गरेका हुन् । तीन बिघे मैदानमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाभरका १२ वटा पालिकाको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटनको अवसरमा हिजो टुर्नामेन्ट टिम र ब्रम्हपुरी गाउँपालिकाबीच सो म्याच खेलाइएको छ । उद्घाटन समारोहमा प्रदेश सभा सदस्य कौशलकिशोर राय, सदरमुकाम मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवसहित विभिन्न पालिकाका प्रमुख, अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।