logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मनोकामना सहकारीको १८ औँ साधारण सभा, अध्यक्षमा पुनः श्रेष्ठ सर्वसम्मत चयन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाको आज १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाले हरिवन १ भोक्टेनीमा संचालन गरेको मनोकामना आवासिय विद्यालयमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले पुनः शम्भुलाल श्रेष्ठ नै अध्यक्ष रहने गरी नयाँ संचालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण ओमपोते, सदस्यहरुमा डुकु प्रसाद कोइराला, शेषराज उप्रेती, सीता थापा, रेणु श्रेष्ठ, मैनाकुमारी लुंगेली, किशोर बराईली र मेघराज अधिकारी रहेका छन् ।

त्यस्तै, रुद्रबहादुर श्रेष्ठ संयोजक, लक्ष्मी श्रेष्ठ र अनिल हमाल सदस्य रहेको लेखा समिति तथा मेघराज अधिकारी संयोजक, रमेश चौलागाई र विनोद महत सदस्य रहेको ऋण उपसमिति चयन गरिएको छ ।

साधारण सभामा संस्थाले गएको आर्थिक वर्ष २०७९/०८० मा २ करोड ६१ लाख मुनाफा आर्जन गरेकामा शेयर सदस्यलाई १५ प्रतिसत लाभांश वितरण गर्ने घोषणा गरिएको छ ।

सभामा संस्थाले उत्कृष्ट बचतकर्ता, ऋणी, कर्मचारीलगायतलाई सम्मान गरेको संस्थाका प्रवन्धक सन्तोष पाण्डेले जानकारी दिए ।