logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मनोकामना बहुउद्देश्यीय पत्रकारिता पुरस्कारबाट सापकोटा सम्मानित


  • उज्यालो अभियान

हरिवन – उज्यालो अभियान दैनिकका सम्पादक तथा एपी–वान टेलिभिजनका सर्लाही संवाददाता अच्यूत कुमार सापकोटा मनोकामना बहुउद्देश्यीय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

सहकारी गतिविधि अघि बढाउन अहम् भूमिका खेलको भन्दै मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार सापकोटालाई नगद ५ हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठ, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), संस्थाका उपाध्यक्ष कृष्ण ओमपोते र प्रवन्धक सन्तोष पाण्डे भएर उनलाई सम्मान गरेका छन् ।