logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गणित विषयको एकदिने सम्मेलन सम्पन्न


  • उज्यालो अभियान

बागमती – गणित विषयको एक दिने सम्मेलन बागमती नगरपालिका स्थित सीता प्यालेस होटलमा सम्पन्न भएको छ।

शिक्षा तथा संस्कृति मन्त्रालय शिक्षा तालीम केन्द्र बारा र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र सिकाई परियोजना सर्लाहीको संयुक्त आयोजनामा भएको सम्मेलन सम्पन्न भएको हो।

समेलनमा राष्ट्रिय स्तरका गणित विषयका विज्ञहरुद्वारा मधेस प्रदेशका गणित विषयका शिक्षकहरुलाई नविनतम विधि,उत्साहित विधि र पद्धतिको बारेमा जानकारी दिएका थिए ।

गणितलाई जीवन र खेलसँग जोडेर कसरी सजिलो तरिकाले अध्यापन गराउन सकिन्छ भनेर विभिन्न सत्रमा अतिथि गणितिज्ञहरूले विभिन्न तरिकाले प्रशिक्षण प्रदान गरे ।

शिक्षा तालिम केन्द्र बाराको प्रमुख ठुलोबाबु दाहालको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अथितिको रूपमा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश यादव रहेका थिए । प्रदेशको शिक्षा विकास निर्देशनालयका किशोरी कापड र शिक्षा तथा संस्कृती मन्त्रालयका सचिव लक्ष्मी भट्टराईको उपस्थिति रहेको रास्टिय रोजगार प्रवर्द्धन केन्द्र सिकाई परियोजनाका EGL ललीत झाले जानकारी दिए ।

मन्त्री यादवले उद्घाटनकार्यक्रममा बोल्दै भने मधेस प्रदेशमा शिक्षा सम्बन्धि धेरै काम भएको देखिन्छ तर उपलब्धि खासै केही देखियन यस्को कारण के हो, किन यस्तो अबस्था आयो, लगानी गरेजस्तो प्रतिफल किन आयन भनेर सहभागीहरुसग प्रतीप्रस्न गरे । उनका अनुसार अब शिक्षकहरुले अब नयाँ ढगाबाट कक्षा सन्चालन गर्नु पर्यो त्यसको लागि मैले के गर्नुपर्छ भन्नुस् म गर्न तयार छु भेर प्रतिबद्धता जायर गरे।

कार्याक्रमा प्रशिक्षणको रुपमा डा. अमरेन्द्र कुमार मिश्र,अनुपा थपलिया,ललिन्द्र चौधरी,अखिलेश झा,ब्रजभुषण कुशवाहा,किशन रायले प्रारम्भिक कक्षामा गणित विषय सम्बन्धि आफ्ना प्रस्तुतीहरु गरेका थिए ।

कार्यक्रममा मधेस प्रदेशको रौतहट ,महोत्तरी र सर्लाहीको ४ पालिकाको गणित विषयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
सम्मेलन मा विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका गैर सरकारी संघसंस्थाको संंयुक्त लागानी रहेको थियोे ।