logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषक समूहलाई ग्रामीण नारी उत्थान संघले दियो हाते ट्याक्टर


  • उज्यालो अभियान

बयलवास – ग्रामीण नारी उत्थान संघ हरिपुरले हिजो ईश्वरपुर नगरपालिका ४ सागरनाथको एक कृषक समूहलाई हाते ट्याक्टर सहयोग गरेको छ ।

संस्थाले सागरनाथको साइराम कृषक समूहलाई तरकारी खेतीमा सहयोग पुगोस् भनेर २ लाख ५५ हजार रुपियाँ बराबरको हाते ट्याक्टर प्रदान गरेको हो । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, वडाध्यक्ष प्रेमकुमार थिङ, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, योजना शाखाका प्रमुख पुष्करमणि घिमिरे, कृषि शाखाका अधिकृत चिरन्जीवी महतोलगायतको उपस्थितिमा कृषक समूहलाई हाते ट्याक्टर हस्तान्तरण गरिएको ग्रामीण नारी उत्थान संघले जनायो ।

संस्थाले यसअघि पनि ईश्वरपुरका अन्य कृषक समूहलाई हाते ट्याक्टर सहयोग गरेको थियो ।