नवील बैंकका शाखा प्रवन्धक चौरसियालाई लिन आएको हेलिकप्टर । (तस्बीर सौजन्य : बत्तियार अली)
मलंगवा – सर्लाहीको कौडेना बजारमा रहेको नवील बैंकका शाखा प्रवन्धक धिरज चौरसियालाई थप उपचारका लागि हेलिकप्टर चार्टड गरेर काठमाडौँ लगिएको छ ।
४९ वर्षीय चौरसियालाई आज (बुधबार) बिहान शौचालय गएका बेला एक्कासी हृदयघात भएपछि उपचारका लागि सदरमुकाम मलंगवास्थित ओम क्लिनिकमा ल्याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि सिम्रिक एयरको हेलिकप्टर मगाएर काठमाडौँ पठाइएको नवील बैंक मधेश प्रदेशका संयोजक दिनेश अधिकारीले बताए ।
अधिकारीका अनुसर चौरसियाको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार जारी छ ।