हरिवन – सानिमा बैंकको १९ औँ स्थापना दिवस हरिवन शाखाले पनि मनाएको छ ।
बैंकले आफ्नो जेष्ठ सदस्य यामिनी कुमार दिपबाट केक काटी स्थापना दिवस मनाएको हो। बैंकको सर्लाहीमा हरिवन र लालबन्दी बजारमा शाखा छन् । एटिएम सेवा समेत दिइरहेको छ ।
बैंकको हरिवन शाखाले १४ हजार र लालवन्दी शाखाले १२ हजार पाँच सय सदस्यलाई सेवा दिदै आएको छ ।
बैंकलाई सफल बैंकको रुपमा यस अवस्थासम्म पुर्याउन साथ, सहयोग, समन्वय गर्ने सम्पूर्णलाई हरिवन शाखा प्रमुख केन्द्र प्रसाद अधिकारीले धन्यवाद दिएका छन् ।