logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा १५० गरिब तथा असहायलाई न्यानो कपडा वितरण


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दीमा आज (शुक्रबार) हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १५० गरिव तथा असहाय व्यक्तिलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी नगरपालिकाभित्रका न्यून आय भएका व्यक्ति तथा असहाय १५० जनालाई एक–एक थान ज्याकेट वितरण गरिएको हिमालयन लाइफ इन्स्योरेन्स लालबन्दी शाखाकी प्रवन्धक लोककुमारी काफ्लेले जानकारी दिईन् । संस्थाका केन्द्रिय उप–कार्यकारी अधिकृत कपिल दाहाल, लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिन, संस्थाको प्रदेश कार्यालय प्रमुख इन्द्रराज सुवेदीलगायत भएर लालबन्दी ७ स्थित पूर्व बसपार्क र लालबन्दी १७ रानिगन्जमा बेग्लाबेग्लै कार्यक्रम गरेर चिसोबाट प्रभावित विपन्न तथा असहाय व्यक्तिलाई न्यानो कपडा प्रदान गरेका हुन् ।

केही दिनदेखि बढ्दै चिसोमा न्यानो कपडा पाएपछि लाभग्राही व्यक्तिले राहत महशुस गरेका छन् ।