logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नव संघर्षशीललाई जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि


  • उज्यालो अभियान

खैरा – नव संघर्षशील युवा क्लब हरिपुर २ ले सर्लाहीको ईश्वरपुर नगरपालिका–१० बेला खैरामा आयोजित जिल्ला स्तरीय खुल्ला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

फाइनलमा जनशक्ति युवा क्लब ईश्वरपुर नगरपालिका–१० बेला खैरालाई ३–१ गोलले पराजित गर्दै नव संघर्षशील च्याम्पियन बनेको हो । बिजेता नव संघर्षशीलले ३० हजार तथा उपबिजेता जनशक्तिले २० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीलाई सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रञ्जितादेवी चौधरी, पूर्व नगरप्रमुख मनोजकुमार आचार्य, ईश्वरपुर १० का वडाध्यक्ष राशनारायण चौधरीलगायत भएर पुरस्कार वितरण गरेका छन् ।

सूर्य दीप युवा क्लब ईश्वरपुर १० बेला खैराको आयोजनामा प्रतियोगिता सम्पन्न भएको जनशक्ति युवा क्लबका उपाध्यक्ष नाथुराम चौधरीले जानकारी दिए ।