logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मिलगेट उखु उत्पादक समिति सर्लाहीको अध्यक्षमा उप्रेती


  • उज्यालो अभियान

हरिवन – मिलगेट उखु उत्पादक समिति सर्लाहीको अध्यक्षतामा राजकुमार उप्रेती चयन भएका छन् ।

सोमबार हरिवनमा सम्पन्न वार्षिक साधारण सभाबाट उप्रेतीको नेतृत्वमा ११ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा नरेश महत, सचिवमा मुखचन्द्र महतो, सहसचिवमा नेत्रसिंह बानियाँ, कोषाध्यक्षमा सुरेश भट्टराईलगायत रहेका छन् ।

सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा निवर्तमान मधेश प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती, माओवादी नेता अर्जुन पन्त, कांग्रेस नेता विनोद कार्की, एमालेका नेता विदुरकुमार प्याकुरेललगायतको आतिथ्यता रहेको थियो ।