बागमती – सर्लाहीको बागमती र पत्थरकोटमा बसोवास गर्ने नेवार समुदायले पनि आज (मंगलबार) नेपाल संवत ११ सय ४४ हर्षोउल्लासपूर्वक मनाएका छन् ।
दुवै स्थानमा ¥यालीसहित नाचगान र साँस्कृतिक कार्यक्रम गरेर स्थानीय नेवार समुदायले आफ्नो नयाँ वर्ष भएका हुन् । लालबन्दी नगरपालिका १३ पत्थरकोटमा स्थानीय भिमशेन गुठीको आयोजनामा भएको कार्यक्रममा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठसहित अन्य सहभागी भएका छन् ।
बागमतीस्थित कर्मैया क्षेत्रमा स्थानीय नेवार समुदायले मोटरसाइकल र्यालीसहित साँस्कृतिक भेषभुषामा सहभागी भएर कार्यक्रम गरेका छन् । विशेष गरी काठमाडौं उपत्यकामा मात्रै मनाईने नेपाल संवत यो वर्ष जिल्लाका नेवार समुदायले पनि यहाँ धुमधामसँग मनाएका हुन् ।