logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

भूमिहिनले जग्गा प्राप्त गरेको खुसीयालीमा दीप प्रज्वलन


  • उज्यालो अभियान

जानकीनगर – सर्लाहीमा भूमिहिन सुकुम्वासीले जग्गाको लालपूर्जा प्राप्त गर्न सुरु गरेको खुुसीयालीमा गएसाँझ (शुक्रबार साँझ) जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय भूमि अधिकार मन्चको अगुवाईमा जानकीनगर, हरैया, हरिवनलगायतका स्थानमा भूमिहिन सुकुम्वासी तथा भूमिहिन दलितले खुसीयाली मनाएका हुन् । भूमि आयोगले अस्ती बिहीबार जिल्लाको हरिवन र ईश्वरपुरमा पहिलो पटक २५ जना भूमिहिन सुकुम्वासी तथा भूमिहिन दलितलाई उनीहरु बसोवास गरिरहेको एैलानी (पर्ती) जग्गाको लालपूर्जा वितरण गरेको थियो ।

राष्ट्रिय भूमि अधिकार मन्च सर्लाहीकी अध्यक्ष भवानी घिमिरेले भूमिहिन सुकुम्वासीले लालपूर्जा प्राप्त गर्न सुरु गरेको खुसीयालीमा जिल्लाका विभिन्न स्थानमा दीप प्रज्वलन, नाचगान र नारा लगाएर खुसी साटासाट गरिएको जानकारी दिए ।