logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मूर्तिया जंगलमा दुर्लभ जनावर सालक भेटियो


  • उज्यालो अभियान

मूर्तिया जंगलमा भेटिएको सालक ।

मूर्तिया – सर्लाहीको मूर्तिया जङ्गलमा दुर्लभ जनावर सालक फेला परेको छ ।

सवडिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको वन गस्ती टोलीले नयाँरोड–बरहथवा सडक अन्तर्गत धरहरा नजिक सडकमा हिँडिरहेको अवस्थामा बिहीबार राति लोपोन्मुख सालक फेला पारेको हो । सालक शान्त एवं लजालु स्वभावको स्तनधारी जङ्गली जनावर हो ।

तीन दशमल पाँच किलोग्राम तौल र ७२ सेन्टिमिटर लम्बाइ भएको सालक फेला परेको सवडिभिजन वन कार्यालय मूर्तियाका सहायक वन अधिकृत चन्द्रप्रकाश राय यादवले जानकारी दिए । उनका अनुसार उक्त सालक उद्धार गरी शुक्रबार पर्सा वन्यजन्तु आरक्षण केन्द्रमा पठाइएको छ ।