logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

साना किसान सोल्टीको १७ औं साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

साधारण सभामा उपस्थित प्रदेशसभा सदस्य कुशवाहा र अन्य अतिथि । (तस्बीर : घनश्याम/उज्यालो अभियान)

घनश्याम बलम्पाकी, सोल्टी – सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीस्थित साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९/०८० मा एक करोड ७५ लाख ४९ हजार २ सय १७ रुपियाँ मुनाफा आर्जन गरेको छ ।

संस्थाले गएको एक आर्थिक वर्षमा ८४ करोड २२ लाख ८१ हजार ७ सय १८ रुपियाँ ६ पैसा कूल कारोवार गरी एक करोड ७५ लाख ४९ हजार २ सय १७ रुपियाँ मुनाफा आर्जन गरेको हो । संस्थाको आइतवार सम्पन्न १७ औँ वार्षिक साधारण सभामा प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यलाई ६० लाख ५४ हजार ९७३ रुपियाँ ५७ पैसा लाभांस वितरण गरिने घोषणा गरिएको छ ।

सोल्टीमा प्रधान कार्यालय तथा बरहथवा र राजघाटमा सेवा केन्द्र रहेका यस संस्थामा दुई हजार ५६५ महिला सदस्य, ९११ पुरुष सदस्य गरी ३ हजार ४७६ शेयर सदस्य रहेका संस्थाका प्रवन्धक माधव प्रसाद काफ्लेले जानकारी दिए । संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहाको प्रमुख आतिथ्यतामा बागमती नगरपालिका ८ स्थित संस्थाको निर्माणाधिन दाना उधोगको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो ।

सभामा बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, लालबन्दी नगरपालिकाका निवर्तमान नगर प्रमुख मानबहादुर खड्का, केन्द्रिय कृषि सहकारी संघका केन्द्रिय सदस्य अन्जु पौडेल, साना किसान लघुवित्त बित्तिय संस्थाका इलाका प्रबन्धक युवराज गैरै, सहकारी कर्मी जंगबहादुर महतो, कौशिल्या निरौला लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका शिक्षा समितिका संयोजक भुवन निरौलाको संचालन तथा संचालक सदस्य सबिता गौतमको स्वागतमा साधारण सभा सम्पन्न भएको हो । यसैबीच, सभामा २० जना जेष्ठ शेयर सदस्यहरु ः चन्द्रमाया राना, माया मगर्नी, शोभा कुमारी पौडेल, बुलबुल कुमारी खड्का, अतिमा खातुन, खुसमुन खातुन, चन्दर चमारनी, प्रदिप महरा चमार, हेमबहादुर कार्की, कामेश्वर सिंह, लालबहादुर ल्हायो मगर, कृष्णा कुमारी कार्की, सुदमा देवी कलवार, भजन महतो कोइरी, शितली कुमारी महतो, तोयानाथ काफ्ले, झलक कु्मारी विष्ट, लक्ष्मीमाया श्रेष्ठ, श्रीमती रेणुका देवी कायस्तनी, देवकी देवी कोइरी सम्मानित भएका छन् । यसैगरी संस्थाका कर्मचारी शम्भु राय र संचालक समितीका सदस्य कौशल कुमार सिंह पनि सम्मानित भएका छन् ।

त्यसैगरी, गएको वर्षको एसइइ सर्वोत्कृष्ट अंक ल्याइ उतिर्ण भएका शेयर सदस्यका सन्ततीलाई पनि सम्मान गरिएको । सम्मानित हुनेमा मुना पंडित जनता मावि राजघाट सोल्टी, आदित्य अधिकारी मुक्तेश्वर मावि मुर्तिया र संजु कुमारी जनता मावि राजघाट सोल्टी रहेका छन् । साधारण सभाले संस्थाको कारोवारमा नियमित गर्ने शेयर सदस्यलाइ प्रोत्साहन गर्न संस्थाले सम्मान गरेको छ ।

शान्ती कार्की (माछा कुखुरा ब्यवसाय) गिता ठकुरी (अधिक दुग्ध उत्पादन गर्ने कृषक) श्रीराम कृष्ण सिंह (तरकारी खेती माछा कुखुरा पालन) पुजा बि.क.( बंगुर पालन), राम प्रवल महतो (सामुदायिक सहकारी पसल) मोहन बहादुर कार्की( बागमती बनाना एण्ड कृषि फर्म) डिल्ली बहादुर शाही ( गाइ पालन) ब्यवसाय प्रबद्र्धनगमा योगदान पुर्याउने सदस्यलाइ समेत सम्मान गरिएको संस्थाका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठले जानकारी दिए ।