बरहथवा – सर्लाहीको बरहथवा बजारबाट प्रशारण भइरहेको रेडियो बरहथवा १०१.१ मेगाहर्ज आज (सोमबार) बाट ११ औँ वर्षमा प्रवेश गरेको छ ।
रेडियोले आजभन्दा ठीक १० वर्षअघि विश्वकर्मा पूजाकै दिन पारेर प्रशारण आरम्भ गरेको थियो । रेडियोको प्रशारण आरम्भ भएको दिनको अवसरमा आज विशेष पूजासहित खुसीयाली मनाउन लागिएको रेडियोका संचालक घनश्याम सिंहले जानकारी दिए ।
यस रेडियोले स्थानीय समाचारलाई आफ्ना श्रोतासमक्ष पुर्याउन सामुदायिक रेडियो एकताबाट प्रशारण हुने बिहान ८ बजेको एकता खबर तथा बेलुका ६ः३० बजेको एकता सेरोफेरोसहित आफ्नै रेडियोबाट पनि विभिन्न कार्यक्रमहरु प्रशारण गर्दै आइरहेको छ ।