logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरमा भलिबल खेलाडीको छनौट सुरु, भलिबल ट्रेनिङ सेन्टरको उद्घाटन


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा बिहीबार प्रदेश स्तरीय प्रतियोगिताका लागि जिल्लाभित्रका भलिबल खेलाडी छनौट गर्न सुरु भएको छ ।

१२, १५ र १९ वर्षमुनिका भलिबल खेलाडी छनौट गर्न प्रतियोगिता सुरु भएको हो । पर्सीसम्ममा तीनवटै उमेर समूहबाट १२ जनाको दरले खेलाडी छनौट गरिने छ । सोही कार्यक्रममा जिल्ला भलिबल संघ सर्लाहीका अध्यक्ष रामकृष्ण चौधरी, हरिपुरका मेयर गोपाल पन्जियार, ईश्वरपुरका मेयर मनोजकुमार आचार्यलगायत भएर चिताईनमै भलिबल टे«निङ सेन्टरको उद्घाटन गरेका भलिबल खेल प्रेमी तथा स्थानीय शिक्षक चेतनारायण धामीले जानकारी दिए ।

कार्यक्रममा प्रदेश तथा जिल्ला भलिबल संघका पदाधिकारी र भलिबल खेललाई माया गर्ने व्यक्तिको उपस्थिति रहेको थियो ।