बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, दशबिघामा आयोजित नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. ९ रामनगरले जितेको छ ।
गएसाँझ सम्पन्न फाइनल खेलमा वडा नं. २ मियाँखोरलाई ट्राईबे्रकरमा ४–२ गोलले पराजित गर्दै रामनगर बिजयी भएको हो । निर्धारित सयमको खेल गोलरहित बराबरीमा सकिएपछि ट्राईब्रेकरबाट नतिजा निकालिएको आयोजक सावरी माता युवा क्लबले जनाएको छ । प्रतियोगिताको बिजेता रामनगरले १० हजार नगद तथा उपबिजेता मियाँखोरले ५ हजार नगदसहित दुवै टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बिजेता तथा उपबिजेता टिमलाई मेयर मनोजकुमार आचार्य र ईश्वरपुर नगरपालिका ६ का वडाध्यक्ष महम्मद रहमन अंसारी भएर पुरस्कार वितरण गरेका छन् । प्रतियोगितामा नगरभित्रका १४ वटा टिमले सहभागिता जनाएका थिए ।
क्लबका सुवास पुरी, सिकिन्दर सिंह, योगेश सिंहलगायतको विशेष पहलमा फुटबल प्रतियोगिता सम्पन्न गराइएको हो ।