logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चर्चित गायक शिव परियार सम्मानित हुँदै


  • उज्यालो अभियान

गायक शिव परियार ।

काडमाडाैं, भदाै ०८ – चर्चित नेपाली गायक शिव परियार सम्मानित हुने भएका छन् ।

नेपाल सरकारकाे चलचित्र विकास बाेर्डद्वारा विशेष याेगदान सम्मानबाट गायक परियार सम्मानित हुने भएका हुन् । शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका ‘कादम्बिनी’, ‘क्या दामी’ लगायत चर्चित पाँच गीति एल्बम बजारमा आइसकेका छन् । उनी अहिलेका चलेका नेपली गायक हुन् । यसबाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउने गर्छन् । बाेर्डले आगामी भदाै १२ गते सर्लाहीकाे हजरिया निवासी परियार सहित ३५ जना विभिन्न विधाका कलाकारहरुलाई सम्मान गर्ने निर्णय गरेकाे छ ।

त्यस्तै  कलाकार लक्ष्मी गिरी र शिव सुन्दर श्रेष्ठलाई भने दिर्घ साधना सम्मान गरिने भएकाे छ । भदाै १२ गते राष्ट्रपति कार्यालयमा आयाेजना हुने राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह, २०८० मा कलाकारहरुलाई सम्मान गरिने छ ।