गैर – समृद्धि फाइनान्सले शुक्रबार गैर बजारमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्धि फाइनान्सको गैर बजारस्थित शाखाले वडाका प्रतिनिधि र सामाजिक कार्यकर्ताको रोहवरमा बृक्षारोपण सम्पन्न गरेको हो । फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये साउन महिनाको लागि तय गरिएको बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको शाखाका प्रवन्धक रामहरी निरौलाले जानाकारी दिए ।
निरौलाले अगामी दिनमा वडा कार्यालय संग सम्न्वय गरेर थप सामाजिक कार्यहरु गरिने बताए ।
असार ४ गते गैरबजारबाट संचालन भएको शाखाले निक्षेप संकलन, कर्जा लगानी र रेमिट्यान्सबाट आएको रकम भुक्तान गरिरहेको छ । नेपाल राष्ट्र बैंकबार्ट ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्घि फाइनान्स कम्पनीले मोवाइल बैंकिङ लगायतका डिजिटल सेवा समेत प्रदान गरिरहेको छ ।