logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीमा जबर्जस्ती करणी मुद्दाका फरार एक जना प्रतिवादी १६ वर्षपछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा साबिक बरहथवा गाविस वडा नम्बर ७ का उदय कुमार पण्डित रहेका छन्।

प्रहरीका अनुसार पण्डितले २०६६ साल जेठ २ गतेका दिन अन्दाजी ४ बजे सोही ठाउँ बस्ने जाहेरवालाको ६ वर्षीया नाबालिक छोरीलाई जबरजस्ती करणी गरी भागेका थिए।

पण्डितलाई जबरजस्ती करणी मुद्दामा सर्लाही जिल्ला अदालतको मिति २०६९ असार ३१ गते १२ वर्ष कैद र ५० हजार क्षतिपूर्ति फैसला गरेको थियो।

पीडक प्रतिवादी पण्डितलाई प्रहरीले गाउँमा लुकीछिपी बस्दै गरेको अवस्थामा साउन १४ गते पक्राउ गरेको डीएपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

पण्डितलाई सर्लाही जिल्ला अदालतमा पेश गरेर सजाय भुक्तानका लागि सिन्धुली जिल्ला कारागार पठाइएको छ।