लालबन्दी – सर्लाहीको लालबन्दीस्थित एनएमबी बैंकको शाखाले बिहीबार आफ्ना महिला ग्राकलाई निःशुल्क रुपमा मेहन्दी लगाइदिएको छ ।
‘यस श्रावण, मेहन्दी लगाऊँ, एनएमबीसँग रमाऊँ’ कार्यक्रम अन्तर्गत शाखाले महिला ग्राहकलाई आज दिनभर बैंकमै जम्मा पारेर निःशुल्क मेहन्दी लगाउने व्यवस्था मिलाएको बैंकका शाखा प्रवन्धक अरुण आचार्यले जानकारी दिए । उनका अनुसार बैंकले ७ वटै प्रदेशमा यस प्रकारको निःशुल्क मेहन्दी कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबी बैंक ‘दि फिनान्सियल टाइम्स’, लण्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधिबाट सम्मानित बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर’ प्राप्त गरिसकेको छ ।
