logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा फेरि सुरु भयो रोपाइँ, अहिले साँझबाट भारी वर्षा हुँदै


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीमा रोकिएको धान रोपाइँ फेरि सुरु भएको छ ।

यहाँ पानी पर्न ठप्प हुँदा धान रोपाइँ रोकिएको थियो । बिहीबार बिहानपख एक झर राम्रोसँग वर्षा भएपछि फेरि सबैतिर धमाधम रोपाइँ सूचारु भएको हो ।

विशेष गरी आकाशे वर्षाको भरमा खेती हुने उत्तरी चुरेभेग र अन्य सबै क्षेत्रमा बिहीबारबाट फेरि रोपाइँले तीव्रता लिएको हाम्रा संवाददाताहरुले जनाएका छन् । बिहानपख चट्याङसहित यस क्षेत्रमा ठूलो पानी परेको हो ।

दिनभर पानी पर्न रोकिएपनि बिहीबार साँझबाट चट्याङसहित फेरि भारी वर्षा हुन थालेको छ । अब केही दिन पानी परेर साथ दिए यहाँका अधिकांश किसानले धान रोपाइँ सक्ने तयारी गरेका छन् ।
बागमती तथा मनुष्मारा नहरको पानी लाग्ने क्षेत्रमा पनि धमाधम रोपाइँ जारी छ । पानी नपर्दा पप्पसेट चलाएर रोपाइँ गरिरहेका किसानले पनि पानी परेपछि पप्पसेट चलाउन छाडेर आकाशे पानीबाटै रोपाइँ गर्न थालेका छन् ।

यो पानीले आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा केही साताअघि रोपेको धानलाई पनि राम्रो गरेको छ । जम्ने गरी पानी पर्दा हरिया तरकारीमा भने केही क्षति पुगेको किसानले बताएका छन् ।