logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पटक–पटक बादल उठदा पनि पानी पर्न सकेन


  • उज्यालो अभियान

लालबन्दी – केही दिनदेखि पटक–पटक बादल देखा पर्ने र धाम्मधुम्म हुने हुँदा समेत सर्लाहीमा पानी पर्न सकेको छैन् ।

यहाँ अहिले सबैतिर धान रोपाइँ भइरहेको छ । तर, यही बेलामा पानी नपर्दा किसान निराश बनेका छन् । यस क्षेत्रमा आज पनि बादल देखा परेर मौसम धाम्मधुम्म भइरहेको छ ।

पानी पर्न रोकिँदा आकाशे पानीकै भर रहेको क्षेत्रमा रोपाइँ नै रोकिएको किसानले बताएका छन् । पप्पसेट चल्ने र कुलो तथा नहरको पानी लाग्ने क्षेत्रमा भने धान रोपाइँ जारी नै छ ।

वर्षाको प्रतिक्षामा यहाँका किसानले धेरै फाँटमा धान रोपाइँ गरेकै छैनन् । अब पुनः झरी परे अधिकांश किसानले धान रोप्ने तयारी गरेका छन् ।

कतिपय किसानले जेठको खडेरीका कारण दोहोर्याएर धानको ब्याड राखेकाले पनि रोपाइँमा ढिलाई भएको छ । अधिकांश ठाउँमा वर्षाले साथ नदिँदा नै रोपाइँ प्रभावित बन्न पुगेको हाम्रा संवाददाताले जनाएका छन् । पानी लाग्ने क्षेत्रमा ट्याक्टरले रातदिन नभनी खेत गदार्ने र रोपाइँ गर्नेक्रम चलिरहेको छ ।

बढ्दो वैदेशिक रोजगारको यात्राले धान रोपाइँका लागि आलिभित्ता गर्ने तथा धान रोप्ने कामदारको भने अभाव नै छ ।