logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कबड्डीमा मधेश प्रदेशबाट अन्तराष्ट्रिय पदकधारी ५५ खेलाडी सम्मानित


  • उज्यालो अभियान

लालबन्दी – मधेश प्रदेशबाट अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा पदक प्राप्त गरेका खेलाडीलाई शनिबार सर्लाहीको लालबन्दीमा सम्मान गरिएको छ ।

मधेश प्रदेश कबड्डी संघको आयोजना तथा सर्लाही जिल्ला कबड्डी संघको सहयोगमा लालबन्दी ५ स्थित एभरेष्ट आवासिय विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेशभरीका खेलाडीलाई सम्मान गरिएको हो । मधेश प्रदेशका शिक्षा तथा समाजकल्याण मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यतामा २०३६ सालदेखि अहिलेसम्म विभिन्न अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा पदक प्राप्त गरेका आठै जिल्लाका खेलाडीलाई सम्मान गरिएको कबड्डी संघ सर्लाहीका अध्यक्ष तथा लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिए ।

एशियन गेम र सार्कमा रजत प्राप्त गरेका खेलाडीलाई नगद ५ हजार तथा कास्य पद प्राप्त गरेका खेलाडीलाई ३ हजार नगदसहित सम्मान गरिएको आइटीएफ तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष प्रभुनारायण शिवकोटी (श्याम) ले बताए ।

खेलाडी सम्मान कार्यक्रममा कबड्डी संघका केन्द्रिय उपाध्यक्ष वीरेन्द्रप्रसाद यादव, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, हरिपुरका मेयर गोपाल पन्जियारलगायतको आतिथ्यता रहेको थियो ।