विजेता हरिवन युवा क्लका खेलाडीलाई प्रथम शिल्ड तथा नगद पुरस्कार प्रदान गर्दै उपमेयर हरिमाया घलान लगायत अन्य अतिथिहरु ।
हरिवन – महादेव जनता मावि हरिवनकाे खेलमैदानमा शनिबार साँझ सम्पन्न जिल्ला स्तरीय भलिबल प्रतियाेगिताकाे उपाधी आयाेजक हरिवन युवा क्लबले चुमेकाे छ ।
बेष्ट अफ फाईभकाे फाईनल खेलमा आयाेजक हरिवनले बरहथवा-११ हिरापुर टिमलाई साेझाे ३ सेटमा पराजित गरेकाे हाे । उपाधीसँगै हरिवनले प्रथम शिल्ड र नगद २० हजार, उपविजेता हुने हिरापुरले १० हजार र तृतिय हुने ईश्वरपुरकाे बस्निया टिमले ५ हजार नगद प्राप्त गरेकाे छ ।
हिजाे शुक्रबार बिहान तथा साँझ र आज शनिबार बिहान र अहिले साँझ भएकाे प्रतियाेगितामा सर्लाहीका विभिन्न ९ वटा टिमकाे सहभागिता रहेकाे आयाेजक क्लबका सुन्दर केसीले जानकारी दिए ।
आयाेजक क्लबका अध्यक्ष सुमन तिलक सिन्दालीकाे अध्यक्षता रहेकाे समापन समाराेहकि प्रमुख अतिथ हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, विशिष्ट अतिथिहरु हरिवन-१ का वडाध्यक्ष टम बहादुर घिसिङ, ७ का वडाध्यक्ष निरध्वज कार्की, जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशासकीय अधिकृत राजकुमार थापा, पूर्व वडाध्यक्ष यज्ञविनाेद ढुंगेल, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की लगायतले खेलाडीलाई शिल्ड, प्रमाणपत्र, नगद पुरस्कार प्रदान गरेका थिए । समाराेहमा हरिवन माविका संयाेजक गिरिराज राना, शिक्षक डिल्लिरमण भट्टराई, राजन कार्की, सुदर्शन पाेखरेल, राजु कार्की, सुशील पाण्डे, रञ्जन सिन्दाली लगायतकाे समेत आतिथ्यता रहेकाे थियाे ।