logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शिक्षा विकास तथा समन्वय इकाईले गर्मी बिदा ३० गतेसम्म लम्ब्यायो, पालिकाले इकाको निर्णय टेर्दैनन्


  • उज्यालो अभियान

मलंगवा – शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले विद्यालयहरुमा गर्मी बिदा जेठ ३० गतेसम्मका लागि लम्ब्याएको छ ।

कार्यालयका प्राविधिक सहायक राजेशकुमार यादवले बुधबार एक सूचना जारी गर्दै जिल्ला शिक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार जिल्लाभरका विद्यालयहरुमा जेठ ३० गते मंगलबारसम्म गर्मी बिदा दिइएको उल्लेख गरेका हुन् । तर सर्लाहीमा शिक्षा विकास तथा समन्वय इकाई (जसलाई पहिले जिल्ला शिक्षा कार्यालय भनिथ्यो) ले गरेको निर्णय कुनै पनि पालिकाले टेर्दैनन् ।

गर्मी अत्यधिक बढेको भन्दै कार्यालयले केही दिनअघिबाटै विद्यालय बन्द गर्ने निर्णय गरी फेरि आज दोस्रो सूचना निकालेर बिदाको निर्णय सार्वजनिक गरेको हो । यसअघि केही दिनअघिदेखि नै कार्यालयले विद्यालयहरु बिदा भनेपनि धेरै पालिकाले अहिले पनि पठनपाठन संचालन गरिरहेकै छन् ।

लालबन्दी, हरिवन, ईश्वरपुरलगायतका केही पालिकाले भने आफ्नो हिसाबले सूचना निकालेर विद्यालय बन्द गराएका छन् । सर्लाहीमा ९÷१० दिनदेखि असाध्य बढी गर्मी भइरहेको छ ।

दिनभर चर्को घाम लागेर तातो हावा चल्ने गरेको छ भने रातको समयमा पनि घर तथा ओछ्यान तातेर मानिस सुत्न सकिरहेका छैनन् । गर्मीले पशुंपक्षी, चराचुरुङ्गी पनि प्रभावित भइरहेका छन् ।