logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा राष्ट्रिय सहकारी बैंक समन्वय उप–समिति गठन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा राष्ट्रिय सहकारी बैंक शाखा समन्वय उप–समिति चयन गरिएको छ ।

हरिवन नगरभित्रका सहकारी संस्थाका पदाधिकारीको भेलाबाट सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद ढकाल संयोजक रहेको ९ सदस्यीय समन्वय उप–समिति बनाइएको हो । समितिमा धनेश्वर महतो, लालबाबु महतो, हरिन्द्र राउत, तिलक खड्का, सुशील श्रेष्ठ, सुनिल गुप्ता, ओमकुमारी गौतम सदस्य तथा राष्ट्रिय सहकारी बैंककै नारायण प्रसाद लामिछाने सदस्य सचिव छन् ।

राष्ट्रिय सहकारी बैंकका संचालक तथा मधेश प्रदेश संयोजक विश्वनाथ मण्डलको प्रमुख आतिथ्यतामा भेला आयोजना गरी समन्वय उप–समिति गठन गरिएको हो ।