लालबन्दी – उद्योग वाणिज्य संघ लालबन्दीको नवौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
लालबन्दी ६ स्थित संस्थाकै हलमा अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीको अध्यक्षता तथा मधेश प्रदेशसभाकी सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक तेमानी, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभाले गत आर्थिक वर्षको बजेट तथा कार्य समितिले वर्षभरी गरेका निर्णय पारित, विधान संशोधनलगायतका निर्णय गरेको अध्यक्ष बलम्पाकीले जानकारी दिए ।
वक्ताहरुले स्थानीय तह र उद्योग वाणिज्य संघले समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिँदै स्थानीय कर, औधोगिक ग्राम निर्माण लगायतका विषयमा आ–आफ्नो विचार राखेका उद्योग वाणिज्य संघ लालबन्दीले जनायो ।