logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीलाई डोरी तान खेलको उपाधि


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुरमा शुक्रबार सम्पन्न मधेश प्रदेश स्तरीय डोरी तान प्रतियोगिताको उपाधि सर्लाहीले जितेको छ ।

हरिपुरस्थित हात्तिसार खेल मैदानमा डोरी तान संघ मधेश प्रदेशको आयोजना तथा हरिपुर नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगिताको उपाधि सर्लाहीले हात पारेको हो । बारा उपबिजेता भएको छ ।

बिजेता सर्लाहीले नगद २५ हजार र उपबिजेता बाराले १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका नेपाल डोरी तान संघ मधेश प्रदेशका अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए ।

प्रतियोगिताका संयोजक राजु पजियारको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पजियारको प्रमुख आतिथ्यतामा बिजेता र उपबिजेता जिल्लाका खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा मधेश प्रदेशका आठ वटै जिल्लाका ८ टिम र ईश्वरपुर नगरपालिकाको बेग्लै एउटा टिमसहित ९ वटा टिमको सहभागिता रहेको थियो ।