logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

संग्रामपुर चोक, विद्यालय र वडा कार्यालयमा सीसी क्यामेरा


  • उज्यालो अभियान

संग्रामपुर – भारतसँगै सीमा टाँस्सिएको सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरमा विद्यालय, चोक र वडा कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।

गाउँपालिकाको सहयोगमा सीमावर्ती क्षेत्रस्थित सो स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । सीसी क्यामेरा जडान कार्यको शुक्रबार पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादव बिस्पत, वडाध्यक्ष राकेश रामलगायत भएर अनुगमन, निरीक्षण गरेका छन् ।

पर्सा गाउँपालिका कार्यालयले विद्यालयको सुरक्षा, पढाईको गुणस्तर सुधार, समुदायको सुरक्षा, चोरी नियन्त्रण, दुर्घटना जस्ता अमानविय कार्य नियन्त्रण गर्ने उद्देश्य रहेको जनाएको छ ।