logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शिक्षक संघ सर्लाहीको अध्यक्षमा प्रवीणकुमार पासवान नेतृत्वको प्यानल नै विजयी


  • उज्यालो अभियान

हरिपुर  – नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ सर्लाहीको अध्यक्षमा प्रवीणकुमार पासवान विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतगणनामा पासवान नेतृत्वको प्यानल नै जिल्ला कार्य समितिमा विजयी भएको हो । पासवान नेतृत्वको प्यानल कांग्रेसको संस्थापन पक्षधर हो ।

अध्यक्षमा विजयी पासवानले ७८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गणेशप्रसाद उप्रेतीले ५४६ मत मात्रै प्राप्त गरेका निर्वाचन समितिले जनायो । निर्वाचनको अन्तिम मतपरिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी नै छ ।

निर्वाचन समितिका सदस्य सुमन घिमिरेले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्ने तयारी भइरहेको उज्यालो अभियानसँग बताए ।