logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धमाधम गहुँ काट्दै सर्लाहीका किसान


  • उज्यालो अभियान

कविलासी – सर्लाहीका अधिकांश किसान हिजोआज गहुँ काट्न ब्यस्त भएका छन् ।

जिल्लाको उत्तरी चुरेभेग आसपासका किसानले एक साताअघि नै गहुँ भित्याए पनि पूर्व–पश्चिम राजमार्ग भन्दा दक्षिणतर्फका किसानले भने अहिले धमाधम गहुँ काटेर थ्रेसर लगाइरहेका हुन् । यहाँको खेतका फाँटहरुमा पुग्दा किसानहरु गहुँ काट्न र थ्रेसर लगाउन ब्यस्त रहेको देखिन्छ ।

यो वर्ष गहुँ खेतीमा मध्यमखालको उत्पादन छ । अघिल्ला वर्षहरुमा जस्तो यो वर्ष हुरीबतास र असिना पानी नपरेकाले अहिलेसम्म गहुँ बालीमा क्षति पु¥याउन पाएको छैन् । सर्लाहीमा २० वटै पालिकामा गहुँ खेती हुन्छ ।

खेतबारीमा काम गर्नेहरुले पनि यो बेला दिनभर गहुँ काट्ने काम पाएका छन् । मौसम सफा भई उघ्रिएकाले किसानहरु पाकेको गहुँ थन्काउने काममा ब्यस्त भएका हाम्रा संवाददाताहरुले जनाएका छन् ।

उत्तरी भेगका कतिपय किसानले गहुँ काटेर मकै पनि रोपिसकेका छन् । दक्षिणी भेगमा भने बल्ल गहुँ भित्र्याउने क्रम सुरु भएको हो ।