logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना, सहकारी दिवस मनाइँदै


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आज (सोमबार) खुल्ला रक्तदान कार्यक्रम गरिँदै छ ।

६६ औँ सहकारी दिवसका अवसरमा हरिवन नगर सहकारी सन्जालले समन्वय गरेर बृहत खुल्ला रक्तदान कार्यक्रम राखेको हो । बिहान ११ बजेपछि हरिवन नगरपालिका ११ स्थित सगुन सहकारी संस्था अगाडि रक्तदान कार्यक्रम राखिएको सगुनका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए ।

सहकारी दिवसका अवसरमा जिल्लाभर सहकारी संघसंस्था र उनीहरुको सन्जालले आज विविध कार्यक्रम गर्दै छन् ।

सदरमुकाम मलंगवामा सूचना नै जारी गरी सक्रिय सहकारी संघसंस्थालाई सहकारी दिवस मनाउन निर्देशन दिइएको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले बताउनुभएको छ ।