logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा प्रहरी हिरासतबाट एक बालक एसइइमा सामेल


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा एक बालक प्रहरी हिरासतबाटै माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सामेल भएका छन् ।

केही दिनअघि भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दामा हिरासतमा परेका ती बालक (ट्याक्टर चालक) ले प्रहरी हिरासतबाटै प्रहरीमा सहभागिता जनाएका हुन् । ती बालक १८ वर्ष समेत नपुगेकाले उनको नाम भने गोप्य राखिएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जिल्लाभरको ३७ वटै परीक्षा केन्द्रमा शान्तपूर्ण वातावरणमा परीक्षा संचालन भइरहेको उज्यालो अभियानसँग बताए । परीक्षार्थीले आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् ।

एसपी सुवेदीले कुनै पनि किमिसको भय सिर्जना नहुने गरी वालमैत्री वातावरणमा परीक्षा संचालन भइरहेको बताएका छन् ।

सर्लाहीमा एसइइ दिनका लागि १० हजार ९१६ जना विद्यार्थीले फाराम भरेका छन् ।