लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको जानकी माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ ।
शनिबार सम्पन्न अभिभावक भेलाले मेघराज फूँयाल अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा ६ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । व्यवस्थापन समितिमा विद्यालय रहेको वडाका वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) सदस्य, प्रधानाध्यापक मिनकुमार पौडेल सदस्य सचिव र एक जना शिक्षक प्रतिनिधि सदस्य रहेका छन् ।
अभिभावक भेलामा विभिन्न दलका प्रतिनिधि, वडाध्यक्ष कार्की, विद्यालयका शिक्षक, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।