logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

क्रिकेटर गुलसन झालाई मलंगवामा सम्मान


  • उज्यालो अभियान

मलंगवा – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य गुल्सन झालाई गृह नगर सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार सम्मान गरिएको छ ।

उनलाई मलंगवा नगरपालिका वडा नं. ८ को वडा कार्यालयले सम्मान गरेको हो । गुल्सन सोही वडाका वासिन्दा हुन् ।

नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन र एक दिवसिय मान्यता जोगाउन उत्कृष्ट खेल पस्किएका गुल्सनलाई आफ्नो वडाले सम्मान गरेको हो । उनलाई नगरपरिक्रममा गराई सम्मान–पत्रबाट सम्मान गरिएको मलंगवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मुकेश कुमार जैसवालले जानकारी दिए ।

गुल्सनसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका वैकल्पिक खेलाडी सर्लाहीको बरहथवा श्रीपुरका आसुतोष यादवलाई समेत सम्मान गरिएको वडाध्यक्ष जैसवालले बताए ।