logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा अबदेखि नियमित खोप १ गतेदेखि ७ गतेसम्म चल्ने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा अबदेखि नियमित खोप कार्यक्रम १ गतेदेखि ७ गतेसम्म संचालन हुने भएको छ ।

मंगलबार सदरमुकाम मलंगवामा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले यसअघि प्रत्येक महिनाको १ गतेदेखि ५ गतेसम्म संचालन हुँदै आएको खोप कार्यक्रम परिमार्जन गर्दै अब सबैतिर एकरुपता कायम गरी १ गतेदेखि ७ गतेसम्म संचालन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले कोरोना भाईरस (कोभिड) को बुस्टर डोज अन्तर्गत चौँथो मात्राको लागि फाइजर खोप अभियान चैत १ गतेदेखि ८ गतेसम्म प्रत्येक पालिकामा चलाउने र मलंगवास्थित जिल्ला समन्वय समिति अगाडि समेत एउटा केन्द्र संचालन गर्ने निर्णय गरेको छ ।

जिल्ला खोप समन्वय समितका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नवलकिशोर झा, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाको उपस्थिति थियो ।