logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजर्षि जनक कप : आज पहिलाे सेमिफाईनलमा ए डिभिजनका संकटा र जावलाखेल भिड्दै


  • उज्यालो अभियान

कर्मैया – सर्लाहीको बागमतीमा जारी साताैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत आज (विहिबार) सीएमजी संकटा क्लब काठमाडाैं र जावलाखेल युथ क्लब ललितपुर बीच पहिलाे सेमिफाईनल खेल हुँदैछ ।

बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुने खेल ठिक ३ बजे सूरु हुने म्याच कमिस्नर सागर मैनालीले जानकारी दिए । साेझै बाई पाएर क्वाटरफाईनलमा नव जन जागृति फूटबल क्लबफाई हराएकाे संकटा र विभागिय एपीएफ क्लब तथा डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटाैंडालाई हराउँदै जावलाखेल अन्तिम चारमा पुगेकाे हाे । ए डिभिजनका दुवै क्लबमा राष्ट्रिय टिमका खेलाडीहरु समेत रहेकाले खेल अत्यन्त प्रतिष्पर्धात्मक हुने आयाेजक बागमती क्लबका सचिब कुमार प्रधानले बताए । अहिलेसम्म प्रतियाेगिता निःशुल्क हेर्न पाईरहेका दर्शकले आजबाट भने २०० रूपैयाँकाे टिकट काट्नु पर्ने छ ।

आजकाे खेल जित्ने टिम उपाधी नजिक त पुग्ने नै छ, कम्तिमा ५ लाख रूपैंयाकाे भने पक्का हकदार बन्ने छ । त्यसैले पनि आजकाे खेलमा दुवै टिमका खेलाडीलाई जित निकाल्नै पर्ने दबाब छ । जारी सिजनमा यसअघि आहा रारा पाेखरा गाेल्डकपकाे उपाधी चुमिसकेकाे संकटा फाईनल यात्रा तय गर्दै राजर्षिकाे क्याप समेत भित्र्याउने लक्ष्यमा देखिन्छ भने अहिलेसम्म क्यापविहिन जावलाखेल फाईनलमा पुगेर राजर्षिकाे उपाधी चुम्ने दाउमा छ ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सहित १२ वटा टिमले भाग लिएका छन् । जसमध्ये एपीएफ क्लब, युनाईटेड खर्साङ फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटाैंडा, नेपाल पुलिस क्लब, धरान फूटबल क्लब, चर्च ब्वाईज युनाईटेड क्लब ललितपुर, आयाेजक बागमती युवा क्लब, नव जन जागृति फुटबल क्लब सिमरा प्रतियाेगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाकाे संयुक्त आयाेजना रहेकाे प्रतियाेगिताकाे फाईनल खेल भने फागुन ७ गते हुनेछ ।