logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

घारिबथानमा पशु सेवा केन्द्र स्थापना


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिकाले नगरको सबैभन्दा विकट क्षेत्रमा पर्ने वडा नं. १२ घारिबथानमा बुधबारबाट पशु स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको छ ।

नगरपालिकाको उत्तरी भेगस्थित चुरेक्षेत्रमा पर्ने कालिन्जोर घारिबथानमा नगरपालिकाले स्थानीय पशुपालक किसानको सहजताका लागि पशु सेवा केन्द्र स्थापना गरेको हो । कालिन्जोरस्थित वडा कार्यालयमै स्थापना गरिएको पशु सेवा केन्द्रको ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य र घारिबथानका वडाध्यक्ष देविबहादुर खत्री भएर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

पशु स्वास्थ्य सेवा केन्द्रमा नगरपालिकाले एक जना पशु प्राविधिक खटाएको घारिबथानका वडा सचिव उमाकान्त ढुंगेल (राजु) ले जानकारी दिए ।

पशु सेवा केन्द्रको उद्घाटन गर्दै मेयर आचार्यले ती प्राविधिकलाई नगरको प्रतिनिधि बनी स्थानीय पशुपालक किसानलाई बिनम्रतापूर्ण व्यवहार गरी पशुचौपाय बिरामी परेको बेला घरमै गएर पनि औषधि उपचार गर्न निर्देशन दिएका छन् । मेयर आचार्यले आगामी दिनमा घारिबथानको माथिल्लो चुरेपाखाका विकट गाउँहरु ः शिर फूलजोर, गुइडुङ, पिपलदमारलगायत क्षेत्रका पशुपालक किसानका लागि त्यहीँ पशु शिविर लिएर जाने प्रतिवद्धता व्यक्त गरे ।

घारिबथानको माथिल्लो भेगमा सिन्धुलीसँग सीमा जोडिएका विकट बस्तीहरु रहेका छन् ।